(Friday , 10 May,2024)

दक्षिण अफ्रिकामाथि अष्ट्रेलियाको सानदार जित

author

Anonymous

Image 1

काठमाडौं । पाहुना टोली अष्ट्रेलियाले दक्षिण अफ्रिकामाथि पहिलो एकदिवसिय खेलमा जित हात पारेको छ । 

दक्षिण अफ्रिकामा बिहीबार राती भएको खेलमा अष्ट्रेलिया ३ विकेटले विजयी भएको हो । 

जितसँगै अष्ट्रेलियाले पाँच खेलको सिरिजमा १-० को अग्रता लिएको छ । 

दक्षिण अफ्रिकाले दिएको २ सय २३ रनको लक्ष्य अष्ट्रेलियाले ४० दशमलब २ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । 

अष्ट्रेलियाका लागि मार्नुस लाबुस्छेनले अविजित ८० को अर्धशतकीय ईनिङ खेले । एस्टन अगर ४८ रनमा अविजित रहे । ओपनर ट्राभिस हेडले ३३ रन बनाए । 

दक्षिण अफ्रिकाका लागि ग्रेहार्ड कोट्जे र कागिसो रबडाले समान २र२ विकेट लिए । 

त्यसअघि हारेर पहिलेब्याटिङ गरेको दक्षिण अफ्रिका ४९ ओभरमा २ सय २२ रनमा अलआउट भएको थियो । 

दक्षिण अफ्रिकाका लागि कप्तान टेम्बा बमुभाले १ सय १४ को शतकीय ईनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । मार्को यानसनले ३२ तथा एडेन माक्ररमले १९ रन बनाए । 

अष्ट्रेलियाका लागि जोस हेजलवुडले ३ तथा मार्कस स्टोईनेसले २ विकेट लिए । 

दुईबीचको दोस्रो खेल शनिबार रहेको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal