(Friday , 10 May,2024)

मेसीको गोलमा अर्जेन्टिना विजयी

author

Anonymous

Image 1

काठमाडौं । कप्तान लिओनल मेसीको एक मात्र गोलमा अर्जेन्टिनाले विश्वकप छनोटमा विजयी सुरुआतत गरेको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले इक्वेडरलाई १-० ले पराजित गरेको हो ।

विश्व विजेता अर्जेन्टिनाको लागि मेसीले खेलको ७८ औ मिनेटमा फ्रिकिकमार्फत गोल गरे । यस जितपछि अर्जेन्टिनाले ३ अंक जोडेको छ 

शुक्रबार नै भएको अन्य खेलमा कोलम्बियाले भेनेजुयलालाई १-० ले पराजित गरेको छ भने पाराग्वे र पेरुले गोलरहित बराबरी खेलेका छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal