(Friday , 10 May,2024)

नेपालले आज म्यानमारसँग मैत्रीपूर्ण फुटबल खेल्दै

author

Anonymous

Image 1

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले आज म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्दैछ । फिफा विन्ड‍ अन्तर्गत दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली टोली अहिले म्यानमारमा छ ।

नेपाल र म्यानमारबीचको पहिलो खेल म्यानमारको राजधानी याङ्गुनस्थित थुवुन्ना स्टेडियममा नेपाली समय अनुसार सवा ४ बजे सुरु हुनेछ ।

फिफा वरीयतामा म्यानमार १६० औं स्थानमा र नेपाल १७५ औं स्थानमा छ । नेपाल र म्यानमारबीच अहिलेसम्म २ खेल भएकामा दुवैमा नेपालले हार बेहोरेको छ ।

नेपाल र म्यानमारबिचको दोस्रो मैत्रीपूर्ण खेल आउने सोमबार हुनेछ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal