(Friday , 10 May,2024)

एसिया कप खेलेर फर्केको क्रिकेट टिमको भव्य स्वागत

author

Anonymous

Image 1

काठमाडौं । एसिया कपमा सहभागी भएर नेपाली राष्ट्रिय क्रिकेट टिम बुधबार स्वदेश फर्किएको छ । 

टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) तथा क्रिकेट समर्थकहरुले भव्य स्वागत गरेका छन्

एसिया कप क्रिकेटका लागि नेपाली टोली पाकिस्तानको कराँची गएको थियो । कराँचीमा अन्तिम तयारी गरेपछि टोली पाकिस्तानसँग खेल्न मुल्तान गएको थियो । 

नेपालले मुल्तानमा १६ औं संस्करणको एसिया कपको उद्घाटन खेल खेलेको थियो । उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो । 

एसिया कपको दोस्रो खेलका लागि टोली श्रीलंका पुगेको थियो । श्रीलंकाको क्यान्डीमा सोमबार नेपालले भारतसँग खेलेको थियो । 

भारतसँग पराजित भएसँगै नेपाल समूह चरणबाट बाहिरिएको थियो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal