(Friday , 10 May,2024)

अफगानिस्तानमाथि श्रीलंकाको रोमान्चक जित

author

Anonymous

Image 1

काठमाडौं । श्रीलंकाले एसिया कपमा अफगानिस्तानले रोमान्चक जित हात पारेको छ ।

समूह बी बाट अपराजित रहँदै श्रीलंका सुपर फोरमा पुगेको छ । 

श्रीलंकाले दिएको २ सय ९२ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ३७ दशमलब ४ ओभरमा २ सय ८९ रनमा अलआउट भयो । 

अफगानिस्तानका लागि मोहम्मद नाबीले ३२ बलमा ६ चौका र ५ छक्कासहित ६५ रनको अर्धशतकीय ईनिङ खेलेपनि जितको लागि पर्याप्त हुन सकेन । 

कप्तान हश्मातुल्लाह शाहिदी ६६ बलमा ३ चौका र १ छक्कासहित ५९ को अर्धशतकीय ईनिङ खेले । राशिद खान १६ बलमा ४ चौका र १ छक्कासहित अविजित २७ रन बनाए ।  

नाजिबउल्लाह जद्रान १५ बलमा १ चौका र २ छक्कासहित २३ रनमा आउट भए । गुलबदीन नाइब २२ रनमा आउट भए । 

श्रीलंकाका कसुन रजिथाले ४ तथा दुनिथ वेलालेगे र धनन्जय डि सिल्भाले समान २र२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९१ रन बनाएको थियो । 

श्रीलंकाका विकेटकिपर कुशल मेन्डिसले ८४ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ९२ रनको अर्धशतकीय ईनिङ खेले । 

पथुम निसांका ४० बलमा ६ चौकासहित ४१ रनमा आउट भए । दिमुथ करुणारत्ने ३५ बलमा ६ चौकासहित ३२ रनमा आउट भए । 

दुनिथ वेलालागे ३९ बलमा ३ चौका र १ छक्कासहित ३३ रनमा अविजित रहे । महेश थिक्सेनाले २४ बलमा २ चौका र १ छक्कासहित २८ रन बनाए । 

अफगानिस्तानका लागि गुलबदीन नाइबले ४ तथा राशिद खानले २ विकेट लिए । मुजिब उर रहमानले १ विकेट लिए । 

समूह ए बाट पाकिस्तान शीर्ष र भारत दोस्रो स्थानमा रहँदै सुपर फोरमा पुगेका थिए ।

समूह बी बाट श्रीलंका शीर्ष र बंगलादेश दोस्रो स्थानमा रहँदै सुपर फोरमा पुगेका छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal