(Friday , 10 May,2024)

नेपाल उपविजेता बन्दै सेमिफाइनलमा

author

Anonymous

Image 1

काठमाडौं । आइसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल समूह ए बाट उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । 

बुधबार तय भएको नेपाल र युएईविरुद्ध खेल वर्षाका कारण रद्द भएसँगै नेपाल उपविजेतामा सिमित बनेको हो । 

आजको खेलमा विजेता बन्ने टोली यस समूहको समूह विजेता बन्ने समिकरण रहेको थियो । तर, खेल हुन नसकेपछि दुवै टोलीले १-१ अंक बाडेका हुन् । 

समान ९-९ अंक भएपनि युएई रनरेटमा अघि रहेकाले समूह विजेता बन्न सफल भयो । 

नेपालले शुक्रबार हुने सेमिफाइनलमा समूह बी को विजेतासँग खेल्नेछ । आज नै हुने समूह बी का हङकङ र थाईल्यान्डबीचको खेलबाट नेपालको प्रतिद्वन्दी तय हुनेछ । 

सेमिफाइनलमा विजयी भएमा नेपालले महिला टी-ट्वान्टी विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ ।

नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो । 

तेस्रो खेलमा भुटानलाई ३ विकेटले हराएको नेपालले चौथो खेलमा कतारलाई ८ विकेट हराएको थियो ।

शनिबार प्रतियोगिताको फाइनल खेल रहेको छ ।

प्रतियोगितामा ११ राष्ट्रको सहभागीता रहेको छ । सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ । 

प्रतियोगितामा समूह ए मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन् । समूह बी मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन् । 

प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी-ट्वान्टी क्वालिफायर खेल्न पाउनेछन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal