(Friday , 10 May,2024)

साविक विजेता एलए ग्यालेक्सीमाथि इन्टर मियामीको सानदार जित

author

Anonymous

Image 1

१८ भदौ, काठमाडौं । लिओनल मेसीको अर्को उत्कृष्ट प्रदर्शनमा इन्टर मियामीले मेजर लिग सकर (एमएलएस) मा साविक विजेता लस एन्जल (एलए) ग्यालेक्सीमाथि सानदार जित हासिल गरेको छ ।

सोमबार बिहान बीएमओ स्टेडियममा भएको खेलमा इन्टर मियामीले घरेलु टोली एलए ग्यालेक्सीलाई उसैको मैदानमा ३-१ ले पराजित गरेको हो । खेलमा मेसीले दुई असिस्ट गरे ।

खेलको १४औं मिनेटमा फकुन्डो फारिएसले गोल गर्दै इन्टर मियामीलाई अग्रता दिलाएका थिए ।

५१औं मिनेटमा जोर्दी अल्वाले मेसीको पासमा गोल गर्दै इन्टर मियाकीको अग्रता दोब्बर पारे । मेसीकै पासमा लुकास काम्पनाले ८३औं मिनेटमा इन्टर मियामीका लागि तेस्रो गोल गरे ।

साविक विजेता एलए ग्यालेक्सीका लागि राएन होलिङशेडले ९०औं मिनेटमा सान्त्वना गोल फर्काए ।

मेसीको आगमनपछि नै अपराजित इन्टर मियामीले २५ खेलबाट २५ अंक जोड्दै इस्टर्न कन्फेरेन्सको १४औं स्थानमा छ भने समग्रमा अंकतालिकामा २९ टिममध्ये २७औं स्थानमा छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal