(Friday , 10 May,2024)

कतारलाई हराउदै नेपाल सेमिफाइनलमा

author

Anonymous

Image 1

काठमाडौं । नेपालले आइसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा लगातार चौथो जितका साथ सेमिफाइनल प्रवेश गरेको छ । 

लगातार चौथो जित दर्ता गर्ने क्रममा नेपालले कतारलाई ९ विकेटले हराएको हो । 

कतारले दिएको ७५ रनको लक्ष्य नेपालले १० दशमलब ३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । 

नेपालको जितमा ओपनर काजल श्रेष्ठले २८ बलमा ४ चौकासहित ३२ रनको योगदान दिइन् ।

इन्दु बर्मा १२ बलमा ३ चौकासहित अविजित २० रन बनाईन् । ओपनर सीता रानामगर २३ बलमा १७ रनमा अविजित रहिन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रन बनाएको थियो । 

कतारकी साची धडवालले ४४ बलमा १ चौकासहित २१ रनको योगदान दिइन् । एन्जिलेने मारे १४ रनमा अविजित रहिन्।

इन्दु बर्माले ३ तथा पुजा महतो र कबिता जोशीको नाममा समान १र१ विकेट रह्यो ।

नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो ।

तेस्रो खेलमा नेपालले आईतबार भुटानलाई पराजित गरेको थियो ।

नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार युएईसँग खेल्दैछ ।

प्रतियोगिताको २१ गते सेमिफाइनल खेल रहेको छ । २२ गते प्रतियोगिताको फाइनल खेल रहेको छ ।

प्रतियोगितामा ११ राष्ट्रको सहभागीता रहेको छ । सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ । 

प्रतियोगितामा समूह ए मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन् । समूह बी मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन् । 

प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी-ट्वान्टी क्वालिफायर खेल्न पाउनेछन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal