(Saturday , 11 May,2024)

नेपालले भुटानविरुद्ध बलिङ गर्दै, रुबी पोदारको राष्ट्रिय टिममा डेब्यु

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौं- आईसीसी वुमन्स टी-२० विश्वकप एसिया छनोटको समूह चरणको तेस्रो खेलमा नेपालले भुटानविरुद्ध टस जितेर बलिङ गरिरहेको छ ।

नेपालकी कप्तान रुबिना क्षेत्रीले टस जितेर भुटानलाई ब्याटिङको निम्तो दिएकी हुन् ।

नेपालको लागि आज रुबी पोदारले डेब्यु गरेकी छन् ।

सुदूरपश्चिमबाट खेल्दै आएकी रुबीले पहिलो पटक नेपाली टिममा स्थान बनाएकी हुन् । उनले नियमित विकेटकिपर काजोल श्रेष्ठलाई प्रतिस्थापन गरेकी हुन् ।

यसै प्रतियोगिताको लागि पहिलो पटक टिममा परेका स्पिनर खुसी ढंगोल र पूजा महतोले भने यसअघि नै नेपालका लागि डेब्यु गरिसकेका छन् ।

आजको पहिलो रोजाइको टिममा तीनै नयाँ खेलाडी एकै साथ सेटमा देखिनेछन् ।

नेपालको प्लेइङ ११ ;

रुबिना क्षेत्री (कप्तान ), सीता राना मगर, अस्मिना कर्मचार्य, इन्दु बर्मा, बिन्दु रावल, पुजा महतो, सम्झना खड्का, रुबी पोदार, खुसी ढंगोल, कविता कुवँर र कविता जोशी

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal