(Friday , 10 May,2024)

एसिया कप : बंगलादेश र अफगानिस्तान भिड्दै

author

Anonymous

Image 1

काठमाडौं । एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगितामा अन्तर्गत आज आईतबार बंगलादेश र अफगानिस्तान भिड्दै छन् ।

दुईबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे पाकिस्तानको लाहोरमा रहेको गद्दाफी स्टेडियममा हुने छ ।

सुपर फोरको सम्भावना कायम राख्न बंगलादेशलाई जित्नै पर्ने दबाब रहेको छ ।

पहिलो खेलमा बंगलादेश श्रीलंकासँग पराजित भएको थियो ।

अफगानिस्तान भने पहिलो खेलमा जित निकाल्दै एक खेल अगावै सुपर फोरमा स्थान पक्का गर्न चाहन्छ ।

बंगलादेश पराजित भएमा एसिया कपबाट बाहिरिने पहिलो राष्ट्र बन्ने छ । 

समूह ए बाट पाकिस्तानले सुपर फोरमा स्थान पक्का गरेको छ ।

सुपर फोरमा पुग्ने अर्को टोली भने भारत र नेपालको नतिजा कुर्नुपर्ने छ । नेपाल र भारतविचको खेल सोमबार हुनेछ । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal