(Saturday , 11 May,2024)

नवप्रवेशीसँग चेल्सी स्तब्ध

author

Anonymous

Image 1

काठमाडौं । चेल्सीले प्रिमियर लिगमा स्तब्धपूर्ण नतिजा ब्यहोरेको छ ।

शनिबार राति चेल्सी घरेलु मैदानमा नवप्रवेशी क्लब नोटिङ्घम फरेस्टसँग १–० ले स्तब्ध बनेको हो ।

यसै समर ट्रान्सफरमा क्लबमा अनुबन्धि भएका एन्थोनी एलंगाले ४८ औं मिनेटमा विजयी गोल गरे । चेल्सी फरवार्ड निकोलस ज्याक्सनले अन्तिम १० मिनेटमा प्राप्त राम्रो अवसर गुमाएका थिए । 

चेल्सीले प्रिमियर लिगका सुरुआती चार मध्य एक खेलमा मात्र जित निकालेको छ । लण्डन क्लबले ४ खेलबाट मात्र ४ अंक जोडेको छ ।

फरेस्ट ६ अंक सहित नवौं स्थानमा छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal