(Friday , 10 May,2024)

अल नासरको लगातार तेस्रो जित

author

Anonymous

Image 1

काठमाडौं । साउदी प्रो लिग अन्तर्गत अल नासरले लगातार तेस्रो जित निकालेको छ ।

शनिबार राती भएको खेलमा क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेके अल नासरले अल हाजमलाई पराजित गरेको हो ।

अल नासर  ५-१ गोल अन्तरले विजयी भएको थियो । अल नासरको जितमा कप्तान रोनाल्डोले सानदार प्रदर्शन गरेका थिए । 

रोनाल्डोले एक गोल र दुई गोल असिस्ट गरे। त्यस्तै, अल नासरको जितमा साडियो माने, ओटाभियो, अब्दुल्लाह अल खलबरी र अब्दुलरहमान घरीबले समान १र१ गोल गरेका थिए ।

त्यसै गरि अल हाजमका लागि एक सान्त्वना गोल मुहमद बाडामोसीले गरेका थिए ।

यो जितसँगै अल नासरले ५ खेलबाट ९ अंक सहित लिगमा छैटौं स्थानमा रहेको छ ।

त्यस्तै, अल हाजमको भने ५ खेलमा २ अंक सहित अंक तालिकामा पुछारमा रहेको छ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal