(Friday , 10 May,2024)

श्रीलंकाको विजयी सुरुआत

author

Anonymous

Image 1

काठमाडौं । श्रीलंकाले एसिया कपमा बंगलादेशलाई हराउँदै विजयी सुरुआत गरेको छ ।

क्यान्डिमा रहेको पालेकाले इन्टरनेशनल क्रिकेट स्टेडियममा नबंगलादेश ५ विकेटले पराजित भएको हो । 

बंगलादेशले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ३९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । 

श्रीलंकाका चरिथ असलंका ९२ बलमा ५ चौका र १ छक्कासहित अविजित ६२ रनको अर्धशतकीय ईनिङ खेले । 

सदिरा समाविक्रमा ७७ बलमा ६ चौका ५४ रनको अर्धशतकीय ईनिङ खेल्दै आउट भए । कप्तान दासुन शानका २१ बलमा १ चौकासहित १४ रनमा अविजित रहे ।

बंगलादेशका लागि कप्तान सकिब अल हसनले २ तथा तस्किन अहमद, मेहदी हसन र शोरिफुल इस्लामले समान १र१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेश ४२ दशमलब ४ ओभरमा १ सय ६४ रनमा अलआउट भएको थियो । 

बंगलादेशका नाज्मुल हसन शान्टोले १ सय २२ बलमा ७ चौकासहित सर्वाधिक ८९ रनको अर्धशतकीय ईनिङ खेलेपनि जितको लागि पर्याप्त हुन सकेन । 

ओपनर मोहम्मद नइम १६ तथा तोवहिद ह्दोय २० रनमा आउट भए ।

श्रीलंकाका लागि मथिसा पाथिरानाले ४ तथा महेश थिक्सेना २ विकेट लिए । धनन्जय डि सिल्भा, दुनिथ वेलाजिगे र दासुन शानकाले समान १र१ विकेट लिए । 

समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् । समूह बी मा बंगलादेश, अफगानिस्तान र श्रीलंका छन् । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal