(Saturday , 11 May,2024)

च्याम्पियन्स लिग ड्र : न्युक्यासल कठिन समूहमा

author

Anonymous

Image 1

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको ड्र सार्वजनीक भएको छ । बिहीबार राति सार्वजनीक ड्र अनुसार च्याम्पियन्स लिगमा छनोट भएको प्रिमियर लिगको क्लब न्युक्यासल कठिन समूहमा परेको छ 

न्युक्यासलले समूह चरणमै पेरिस सेन्ट जर्मेन (पीएसजी), बोरुसिया डर्टमण्ड र एसी मिलानसँग भिड्ने भएको हो ।

समूह एफमा रहेको न्युक्यासलले सन् २००२–२००३ पछि पहिलो पटक समूह चरणमा प्रतिस्पर्धा गर्दैछ । न्युक्यासल रहेका समूहमा रहेका तीन वटै क्लब पछिल्लो १६ वर्षमा कम्तिमा फाइनल पुगेका क्लबहरु हुन् ।

यस्तै समूह एमा म्यानचेस्टर युनाईटेडले बायर्न म्युनिखसँग खेल्नेछ । जुन समूहमा एफसी कोपनहेगन र गलातासारे रहेका छन् । 

अर्को समूहमा म्यानचेस्टर सिटी र आरबी लाइपेजिगसँगै छन्, जुन समूहमा योङ्ग ब्वाइज र रेड स्टार बेलग्रेड समेत समावेश छन् । 

आर्सनलले भने सेभिल्ला, पीएसवी इन्डहोवन र आरसी लेन्ससँग समूह बीमा प्रतिस्पर्धा गर्नेछ ।

समूह सीमा नापोली, रियल मड्रिड, ब्रागा र युनियन बर्लिन छन् भने समूह डीमा बेन्फिाका, इन्टर मिलान, साल्जवर्ग र रियल सोसिडाड परेका छन् । 

समूह इमा एट्लेटिको मड्रिड, फेनोर्ड, लाजियो र सेल्टिक तथा समूह एचमा बार्सिलोना, पोर्टो, शख्तर डोनेस्क र रोयल एन्टवर्प रहेका छन् ।

समूह चरणका खेल सेप्टेम्बर १९ देखि डिसेम्बर १३ सम्म चल्नेछ भने वेम्बलीमा जुन १ मा च्याम्पियन्स लिगको फाइनल खेल हुनेछ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal