(Friday , 10 May,2024)

नेपाली टोली भारतसँग खेल्न श्रीलंका पुग्यो

NepalNewsLine

NepalNewsLine

Image 1

१४ भाद्र, काठमाडौं - एसिया कप क्रिकेटअन्तर्गत भारतसँगको खेलका लागि नेपाली टोली श्रीलंका पुगेको छ ।

नेपाली टोली बिहीबार बिहान श्रीलंका पुगेको हो । नेपालले सेप्टेम्बर ४ तारिखमा भारतसँग खेल्दै छ ।

भारतले पाकिस्तानमा खेल्न अस्वीकार गरेपछि उसले खेल्ने खेलका लागि श्रीलंकामा व्यवस्थापन भएको हो ।

यसअघि समूहको पहिलो खेलमा नेपाली टोली बिहीबार पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal