(Friday , 10 May,2024)

नेपालमा आठौँ दक्षिण एसियाली न्युरो सर्जरी शिखर सम्मेलन हुने

NepalNewsLine

NepalNewsLine

Image 1

१४ भाद्र, काठमाडौँ - नेपालमा दक्षिण एसियाको न्यूरो सर्जरी अर्थात स्नायु शल्य चिकित्सा सम्बन्धी अन्तर्राष्ट्रिय शिखर सम्मेलन हुने भएको छ ।

भदौ २१ देखि २३ गतेसम्म ललितपुरको कुपन्डोलस्थित हिमालय होटेलमा सम्मेलन हुन लागेको नेपाल न्युरो सर्जन समाजका अध्यक्ष डा प्रवीण श्रेष्ठले जानकारी दिए ।

तीन दिनसम्म चल्ने उक्त सम्मेलनको पहिलो दिनमा न्यूरो सर्जरी रेजिडेन्ट चिकित्सक ९तालिमरत चिकित्सक० लाई न्यूरोसर्जरी सम्बन्धी विभिन्न विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूद्वारा तालिम दिइने उनले बताए ।

यस्तै, दोस्रो र तेस्रो दिनमा दक्षिण एसियाका आठै देश लगायत अमेरिका, युरोप, जापान, चीन, क्यानडा, इजरायल आदि देशहरूबाट न्यूरोसर्जरी सम्बन्धी विज्ञहरूको सहभागिता रहने छ ।

सो क्रममा १५० वटाभन्दा धेरै कार्यपत्रहरू प्रस्तुत गरिने उनले बताए ।  

 दक्षिण एसियाली सम्मेलन सन् १९९९ मा पहिलो पल्ट नेपालबाट नै सुरु भएको थियो । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal