(Friday , 10 May,2024)

भलिबल हेर्न उपस्थित दर्शकको संख्याले विश्व बनायो कीर्तिमान 

NepalNewsLine

NepalNewsLine

Image 1

१४ भाद्र, काठमाडौँ - सामान्यतः विश्व खेलकुदमा सबैभन्दा बढी दर्शक ओइरिने खेल भनेको फुटबल हो । केही राष्ट्रमा क्रिकेट खेल हेर्न पनि रंगशालामा दर्शक खचाखच भरिएका हुन्छन् ।

अन्य खेलमा भने ठूलो सँख्यामा दर्शक उपस्थित भएको पाइँदैन ।  तर, हालै अमेरिकामा भएको नेबरास्का भलिबल प्रतियोगिता हेर्न उपस्थित भएको दर्शकको सँख्याले भने विश्व कीर्तिमान नै बनाएको छ ।

सिकागोमा आयोजित भलिबल प्रतियोगिता हेर्न ९२ हजारभन्दा बढी दर्शक उपस्थित भएको समाचारमा जनाइएको छ । 

कुनै पनि महिला खेलमा यतिधेरै दर्शक उपस्थित भएको यो पहिलो पटक हो । उक्त खेल नेबरास्का र ओमाहाबीच भएको थियो ।

खेल स्थानीय विद्यालयको फुटबल मैदानमा खेलिएको थियो । खेल हेर्न ९२ हजार तीनजना दर्शक उपस्थित भएका थिए ।

यसअघि महिला खेलकुदमा सर्वाधिक दर्शकको कीर्तिमान गत वर्ष बार्सिलोना र रियल म्याड्रिडबीच भएको फुटबल खेलले बनाएको थियो ।

बार्सिलोना र रियल म्याड्रिडबीचको उक्त खेल च्याम्पियन्स लिगअन्तर्गत भएको थियो । उक्त खेलमा ९१ हजार ६ सय ४८ दर्शक उपस्थित भएका थिए ।

नेबरास्का र ओमाहाबीचको उक्त भलिबल खेल प्रदर्शनी खेल थियो । यसअघि भलिबल खेल हेर्न २० हजारको हाराहारीमा दर्शक आउने गरेका थिए । यो प्रदर्शनी खेलका लागि भने निकैअघिदेखि प्रचारप्रसार गरिएको थियो ।

अमेरिकामा यति धेरै समर्थक खेल हेर्न उपस्थित भएको यो पहिलो पटक हो । सन् १९९९ मा आयोजित फिफा महिला विश्वकपमा आयोजक अमेरिका र चीनबीचको खेल हेर्न ९० हजार एक सय ८५ दर्शक उपस्थित भएका थिए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal