(Friday , 10 May,2024)

एसिया कप क्रिकेट : नेपाल र पाकिस्तान भिड्दै

author

Anonymous

Image 1

काठमाडौं । एसिया कप क्रिकेटको उद्घाटन खेलमा बुधबार नेपाल र पाकिस्तान भिड्दैछन् । मुल्तान क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सूरु हुनेछ । 

नेपालले पाकिस्तानसँग खेल्दै एसिया कपमा डेब्यु गर्दैछ । नेपालले पाकिस्तानसँग खेल्न लागेको पहिलो पटक हो । पछिल्लो समय अन्तराष्ट्रिय क्रिकेटमा सनसनीपूर्ण प्रर्दशन गरिरहेको नेपालले विश्व क्रिकेटको नम्बर एक टिमसँग खेल्न लागेको हो । 

गत अप्रिल–मेमा सम्पन्न एसीसी मेन्स प्रिमियर कप क्रिकेटको उपाधि उचालेर नेपाल एसिया कपमा छनोट भएको हो । युएई र हङकङ सम्मिलित प्रतियोगितामा नेपाल च्याम्पियन भएर प्रतियोगिताका लागि छानिएको हो । यसअघिको एसिया कपमा युएई र हङकङले खेलेका थिए ।

एकदिवसीय विश्वकप लिग टूका पछिल्ला १२ मध्य ११ खेलमा जित निकाल्दै नेपाल एक दिवसीय विश्वकप छनोट खेल्न पाएको थियो भने एकदिवसीय मान्यता जोगाउन सफल भएको थियो ।

पाकिस्तान विश्व नम्बर एक ब्याट्सम्यान बाबर आजमको नेतृत्वमा मैदान उत्रनेछ भने नेपाली क्रिकेट टिमलाई रोहित पौडेलले नेतृत्व गर्नेछन् । खेलअघि पत्रकार सम्मेलनमा रोहित पौडेलले दुवै टिममा विश्वस्तरीय ब्याट्सम्यान र बलर भएको उल्लेख गर्दै नेपालले कडा टक्कर दिने बताएका थिए । पाकिस्तानी कप्तान आजमले एसिया कपको सहभागीताले नेपालमा क्रिकेटको विकासमा सहयोग पुग्ने धारणा राखेका थिए । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal