(Friday , 10 May,2024)

इन्टरको लगातार दोस्रो जित

author

Anonymous

Image 1

काठमाडौं । इटालियन सिरी ए फुटबलमा इन्टर मिलान लगातार दोस्रो जित दर्ता गरेको छ ।

सोमबार राति भएको खेलमा इन्टर मिलानले काग्लीअरीलाई पराजित गरेको हो ।

काग्लीअरीको घरेलु मैदानमा इन्टरले २-० को जित दर्ता गरेको हो । 

इन्टरको जितमा डेन्जल डम्फेस र लाउटारो मार्टिनेजले समान १र१ गोल गरेका थिए ।

२१ औं मिनेटमा डम्फेसले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । 

३० औं मिनेटमा मार्टिनेजले गोल गरेपछि इन्टरले  पहिलो हाफमा २–० को अग्रता बनाएको थियो ।

सोही अग्रता कायम राख्दै इन्टरले जित निकाल्न सफल भयो ।

जितसँगै इन्टर २ खेलमा अपराजित रहंदै ६ अंकमा रहेको छ । इन्टर तेस्रो स्थानमा रहेको छ । 

लिगको पहिलो स्थानमा ६ अंकका साथ एसी मिलान रहेको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal