(Friday , 10 May,2024)

एसिया कपमा नेपालको खेलबारे जानकारी

author

Anonymous

Image 1

काठमाडौं । एसिया कपको १६ औं संस्करणमा नेपालले पहिलो पटक आफ्नो सहभागीता जनाउदै छ ।

एसिया कप क्रिकेट खेल्न नेपाली टोली पाकिस्तानमा रहेको छ । एसिया कप भदौ १३ देखी ३१ गते (३० अगष्ट देखी १७ सेप्टेम्बर) सम्म पाकिस्तान र श्रीलंकामा हुनेछ ।

नेपालले बुधबार घरेलु टोली पाकिस्तानसँग खेल्दै एसिया कप डेब्यु गर्नेछ । 

गएको बैशाखमा सम्पन्न एसीसी प्रिमियर कपमा अपराजित रुपमा च्याम्पियन बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो । 

फाइनलमा युएईलाई ७ विकेटले हराउँदै नेपालले एसिया कपमा स्थान बनाएको थियो ।

एसिया कपको पाकिस्तानले आयोजना अधिकार पाएको थियो । तर, भारतले आन्तरिक राजनीति र सुरक्षाको कारण पाकिस्तान जान अस्विकार गरेपछि पाकिस्तानले प्रस्ताव गरेको हाब्रिड मोडलमा एसिया कप हुदैछ । 

एसिया कपका १३ मध्ये ४ खेल पाकिस्तान र ९ खेल श्रीलंकामा हुनेछन् । १६ औं संस्करणको एसिया कपमा ६ राष्ट्रको सहभागीता छ । ६ देशलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।

नेपालका खेलहरु 

नेपालको पहिलो खेल भदौ १३ (अगष्ट३०) मा पाकिस्तानको मुल्तानमा खेल्नेछ । मुल्तानमा घरेलु टोलीविरुद्धको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ मा हुनेछ । उक्त खेलपछि नेपाली टोली श्रीलंका जानेछ ।

नेपालको दोस्रो खेल भारतविरुद्ध रहेको छ । नेपाल र भारतबीचको खेल भदौ १८ (सेप्टेम्बर ४) मा श्रीलंकाको क्यान्डिमा हुनेछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ मा सुरु हुनेछ ।

नेपालको दुबै खेल डे नाइट हुनेछ । 

नेपाली टोली 

रोहित कुमार पौडेल (कप्तान), आशिफ शेख, कुशल भुर्तेल, ललित नारायण राजवंशी, भिम सार्की, कुशल मल्ल, दिपेन्द्र सिंह  ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जि।सि, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद, श्याम ढकाल

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal