(Friday , 10 May,2024)

रायो भालेकानोको पोष्टमा एथ्लेटिको मड्रिडको ७ गोल

author

Anonymous

Image 1

१२ भदौ, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिडले रायो भालेकानोमाथि शानदार जित हात पारेको छ ।

सोमबार राति भएको खेलमा एथ्लेटिको मड्रिडले रायो भालेकानोलाई ७–० ले हराएको हो । यो ला लिगामा एथ्लेटिको मड्रिडको अहिलेसम्मकै फराकिलो जित हो ।

भालेकानाको घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिडले दोस्रो मिनेटमा एन्टोनी ग्रिजम्यानको गोलबाट खाता खोलेको थियो । १६औं मिनेटमा मेम्फिस डिपेईले गोल गरे भने ३६ औं मिनेटमा नागुयल मोलिनाले गोल गर्दै टिमलाई पहिलो हाफमा ३–० को अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा अल्भारो मोराटाले दुई गोल गरे भने एन्जल कोरेया र मार्कोस लोरेन्टेले पनि गोल गरेपछि एथ्लेटिको मड्रिडले ७–० को जित निकाल्यो ।

यो जितसँगै ३ खेलबाट ७ अंक जोडेको एथ्लेटिको मड्रिड अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा भने ९ अंकसहित रियल मड्रिड छ भने रायो भालेकानो ६ अंकसहित आठौं स्थानमा छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal