(Friday , 10 May,2024)

खेलाडी भित्र्याएपछि साउदी अरबको नजर प्रशिक्षकतर्फ

NepalNewsLine

NepalNewsLine

Image 1

११ भाद्र, काठमाडौँ - स्टार खेलाडीहरु भित्र्याएर चर्चा कमाएको साउदी अरबको नजर प्रशिक्षकतर्फ सोझिएको छ। क्रिस्टियानो रोनाल्डो, करिम बेन्जामा, एङग्लो कान्टे, साडियो माने, रियाद महरेज, इडर्ड मेन्डी, रोवर्टो फर्मिनो जस्ता खेलाडी भित्र्याएको साउदी अरबले युरोपेली प्रशिक्षकहरुमा नजर बढाएको हो।

साउदी अरबले राष्ट्रिय टोलीका लागि इटालियन प्रशिक्षक रोबर्टो मान्सिनी भित्र्याएको छ। इटालीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएको दुई सातापछि मान्सिनी साउदी अरबको आएका हुन्। युरो २०२० युरोकपमा इङल्यान्डलाई घरेलु मैदान वेम्बलीमा हराउँदै उपाधि दिलाउन सफल ५८ वर्षीय प्रशिक्षक मान्सिनीलाई साउदीले प्रशिक्षकको रुपमा भित्र्याएको हो।

मान्सिनीको प्रशिक्षणमा इटालीले विश्व कीर्तिमान ३७ खेलको अपराजित जित निकालेको थियो। उनले सन् २०२७ सम्मको साउदी राष्ट्रिय टोलीसँग रहनेगरी सम्झौता गरेका छन्।

उनको सेप्टेम्बर ८ मा सेन्ट जेम्स पार्क, न्यूक्यासलमा कोस्टारिका विरुद्धको खेलबाट साउदी अरबमा सुरुवात गर्नेछन्।

“मलाई विश्वास छ कि  एसियामा फुटबल लोकप्रियता बढेसँगै मेरो लागि नयाँ देशमा फुटबल अनुभव गर्ने ठूलो अवसर हो’ मान्सिनीले भने।

कतार विश्वकपमा हर्भ रेनार्डको नेतृत्वमा कतारलाई २–१ गोल अन्तरले हराएको साउदीले विश्व च्याम्पियन अर्जेन्टिनामाथि नाटकीय जित निकाले पनि समूह चरण पार गर्न सकेन।

२२ वर्षे प्रशिक्षण करियरमा मान्सिनीको पहिलोपटक राष्ट्रिय टोलीसँग आबद्ध भएका हुन्।

क्लब करियरमा समेत मान्सिनी सफल प्रशिक्षकको रुपमा चिनिएका छन्। मान्सिनीको प्रशिक्षणमा म्यानचेस्टर सिटीलाई सन् २०१२ मा पहिलो प्रिमियर लिग दिलाएका थिए।

उनले इटाली सिरिए क्लब फियोरेन्टिना, लाजियो, इन्टर मिलान, टर्किस क्लब गाल्टासारे र जेनिट सेन्टर पिटर्सबर्गलाई व्यवस्थापन गरेका छन्।

खेलाडीको रूपमा उनले २१ वर्ष बिताए।  उनले इटाली राष्ट्रिय टोलीमा १० वर्ष बिताउँदै ३६ क्याप जितेका थिए। इटालीको यू–२१ टोलीमा समेत ४ वर्ष बिताएका मान्सिनीले क्लब करियर बोलोग्ना, साम्पाडोरिया, लाजियो र लेस्टर सिटीमा बिताए। साम्पाडोरियामा उनले १५ वर्ष बिताएका थिए।

व्यावसायिक खेलाडी करियरको अन्त्यपछि फियोरेन्टिनाबाट प्रशिक्षक करियर सुरु गरेका थिए।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal