(Saturday , 11 May,2024)

सिटीको लगातार तेस्रो जित

author

Anonymous

Image 1

काठमाडौं । इंग्लिस प्रिमियर लिगको साबिक विजेता म्यानचेस्टर सिटीले लगातार तेस्रो जित दर्ता गरेको छ ।

आइतबार भएको खेलमा सिटीले सेफिल्ड युनाइटेडलाई २-१ गोलअन्तरले पराजित गरेको हो ।

सेफिल्डको घरेलु मैदानमा भएको खेलमा सिटीको जितमा रोड्री र हालान्डले समान १-१ गोल गरे । 

यससँगै सिटीले लिगमा शतप्रतिशत जितको सिलसिला कायम राख्दै शीर्षस्थानमा उक्लिएको छ ।

सिटी ३ खेलमा शतप्रतिशत जितका साथ शीर्ष स्थानमा उक्लिएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal