(Friday , 10 May,2024)

खेलमा गोलको वर्षा, बार्सिलोना विजयी

author

Anonymous

Image 1

काठमाडौं । गोलको वर्षा भएको खेलमा बार्सिलोनाले स्पेनिस लिगमा जित निकालेको छ । 

आईतबार भिल्ला रियलको मैदानमा ७ गोल निस्किएको खेलमा बार्सिलोनाले ४–३ को जित निकालेको हो । 

बार्सिलोनालाई जित दिलाउने अन्तिम गोल भने रोबर्ट लेवान्डोस्कीले गरे । त्यसको तीन मिनेट अघि फेरान टोरेसले बराबरी गोल फर्काएका थिए ।

खेलमा २–० ले पछि परेको अवस्थामा घरेलु टोली भिल्ला रियलले खेलको ५० औं मिनेटमा आइपुग्दा ३–२ को अग्रता लिएको थियो । जसमा घरेलु टोलीका लागि जुआन फोयथ, अलेक्जेन्डर सोरलोथ र एलेक्स बेनले लगातार तीन गोल गरेका थिए ।

खेलको सुरुआतमै बार्सिलोनाले जाभी र फ्रेन्क डि जोङको गोलमा अग्रता बनाएको थियो । जाभीले गोल गर्ने क्रममा लामिनी यामलको पास सदुपयोग गरेका थिए । यामल स्पेनिस लिगको २१ औं सताब्दिमा गोलका लागि अन्तिम पास उपलब्ध गराउने सबैभन्दा कम उमेरका खेलाडी बनेका छन् । 

बार्सिलोनाले स्पेनिस लिगको सुरुआती तीन खेलबाट ७ अंक जोडेको छ । शीर्ष स्थानको रियल मड्रिड भन्दा दुई अंकले पछि परेको छ । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal