(Friday , 10 May,2024)

स्टर्लिङ चम्किदा चेल्सीको शानदार जित

author

Anonymous

Image 1

काठमाडौं । फरवार्ड रहिम स्टर्लिङ चम्किएको खेलमा चेल्सीले प्रिमियर लिगमा शानदार जित दर्ता गरेको छ । शुक्रबार स्टामफोर्ड ब्रिजमा चेल्सीले नवप्रवेशी क्लब लुटन टाउनलाई ३–० ले हराएको हो । 

चेल्सीको जितमा दुई गोल स्टर्लिङले गरे । अर्को गोल निकोलस ज्याक्सनको नाममा रह्यो ।

खेलको १७ औं मिनेटमा स्टर्लिङले चेल्सीलाई अग्रता दिलाएका थिए । ६८ औं मिनेटमा उनैले चेल्सीको अग्रता दोब्बर बनाए । खेलको ७५ औं मिनेटमा ज्याक्सनले गोल गर्दै चेल्सीलाई शानदार जित दिलाए ।

प्रिमियर लिगको नयाँ सिजनमा चेल्सीले पहिलो जित दर्ता गरेको छ । 

नवप्रवेशी क्लब लुटन प्रिमियर लिगमा अंक जोड्न संघर्षरत देखिएको छ ।

चेल्सीले कीर्तिमानी मुल्यका खेलाडी मोइसिस काइसेडोलाई पुरा समय खेलाएको थियो ।

प्राप्त जितले मुख्य प्रशिक्षक मौरिसियो पोचिटिनोलाई खुसी दिएको छ, यद्धपी टिममा ब्यापक सुधारको आवश्यकता देखिएको छ । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal