(Friday , 10 May,2024)

रोनाल्डोको ह्याट्रिक, अल नासिरको शानदार जित

author

Anonymous

Image 1

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक पुरा गरेको खेलमा साउदी प्रो लिगमा अल नासिर क्लबले शानदार जित निकालेको छ । 

शुक्रबार राति रोनाल्डो प्रेरित अल नासिरले अल फतेहीमाथि ५–० को शानदार जित निकालेको हो । 

खेलको २८ औं मिनेटमा साडियो मानेले गोल गर्दै अल नासिरलाई अग्रता दिलाएका थिए । रोनाल्डोको पासलाई सदुपयोग गर्दै मानेले गोल गरेका थिए । 

मानेले दोस्रो गोल गर्नुअघि रोनाल्डोले समेत दुई गोल पुरा गरेका थिए । खेलको इन्जुरी समयमा गोल गर्दै रोनाल्डोले ह्याट्रिक पुरा गरे । 

म्यानचेस्टर युनाईटेड र रियल मड्रिडका पूर्व खेलाडीले क्लबका लागि तेस्रो ह्याट्रिक पुरा गरेका हुन् । 

अल नासिर तीन खेलको समाप्तिमा १८ टिम सहभागी लिगको १० औं स्थानमा छ । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal