(Friday , 10 May,2024)

उपाधीका लागि नेपाल र हङकङ भिड्दै

author

Anonymous

Image 1

काठमाडौं । नेपालले मलेसियामा जारी चार देश सम्मिलित महिला टी-ट्वान्टी आई सिरिजको उपाधीका लागि आज शनिबार नेपाल र हङकङ भिड्दै छन् ।  

नेपाल र हङकङबीचको फाइनल खेल बायोमास मैदानमा नेपाली समय अनुसार बिहान पौने १२ बाट सुरु हुनेछ । 

चार देश सम्मिलित सिरिजमा नेपाल पहिलो र हङकङ दोस्रो भएर फाइनल प्रवेश गरेका हुन् । 

लिग चरणमा भएको भेटमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको थियो ।

तेस्रो स्थानको लागि शनिबारनै मलेसिया र कुवेतबीच प्रतिस्पर्धा हुनेछ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal