(Friday , 10 May,2024)

नेपाल मलेसियासँग खेल्दै

author

Anonymous

Image 1

काठमाडौं । मलेसियामा जारी चार देश सम्मिलित महिला टी-ट्वान्टी आई सिरिजमा नेपालले आज शुक्रबार घरेलु टोलीसँग खेल्दैछ । 

मलेसिया र नेपालबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १२ मा मलेसियाको बायोमास ओभलमा सुरु हुनेछ ।

आइसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अघि नेपाल, मलेसिया, हङकङ र कुवेतले चार देश सम्मिलित सिरिज खेलिरहेको छ । 

नेपाल सिरिजको दुई खेल अपराजित रहेको छ । दुई खेलमा जित दर्ता गरेको नेपाल ४ अंक सहित फाइनल नजिक पुगेको छ । मंगलबार भएको पहिलो खेलमा नेपालले हङकङलाई पराजित गरेको थियो । 

बुधबार भएको दोस्रो खेलमा कुवेतला हराएको थियो । यस खेलमा जित निकाल्दै शीर्ष स्थानमा रहेर नेपाल फाइनल प्रवेश गर्न चाहन्छ । 

मलेसिया पनि नेपाललाई पराजित गरेर फाइनल प्रवेश गर्न चाहन्छ । यदी नेपाल शीर्ष दुईमा रहेमा शनिबार फाइनल खेल्नेछ । 

पुछारमा रहने दुई टोलीले पनि तेस्रो र चौथो स्थानको लागि शनिबार नै खेल्नेछन् । नेपालले सोमबारमा थाईल्यान्डसँग अभ्यास खेल खेल्नेछ । 

नेपालले एसिया क्षेत्र छनोट अगष्ट ३१ देखी ९ सेप्टेम्बरमा (भदौ १४ देखि भदौ २३ सम्म) मा मलेसियामा नै खेल्नेछ ।

प्रतियोगितामा एघार टोलीको सहभागीता रहनेछ । नेपालको समूहमा युएई, कतार, मलेसिया, भुटान र बहराइन छन् । समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् । 

शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् । फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टी(ट्वान्टी विश्वकप छनोट खेल्न पाउनेछन् । 

नेपालले पहिलो खेलमा ३१ अगष्टमा मलेसियातथा दोस्रो खेलमा १ सेप्टेम्बरमा बहराइनसँग खेल्नेछ । 

३ सेप्टेम्बरमा भुटानसँग तेस्रो खेल खेल्ने नेपालले ४ सेप्टेम्बरमा कतारसँग चौथो खेल खेल्नेछ । नेपालले समूह चरणको पाँचौं तथा अन्तिम खेलमा ६ सेप्टेम्बरमा युएईसँग खेल्नेछ ।

नेपालको टोली 

रुविना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, कविता जोशी, पुजा महतो, सम्झना खड्का, ईश्वरी विष्ट, काजोल श्रेष्ठ, रुवी पोदार, अप्सरी बेगम, अश्मिना कर्माचार्य र खुशी डंगोल 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal