(Friday , 10 May,2024)

इन्दु बर्माको अलराउण्ड प्रदर्शनमा कुवेतमाथि नेपालको जित

NepalNewsLine

NepalNewsLine

Image 1

६ भदौ, काठमाडौं - आइसी वुमन्स टी-२० एसिया क्षेत्र छनोटअघिको चारदेशीय सिरिजको दोस्रो खेलमा पनि नेपाल विजयी भएको छ ।

मलेसियामा भएको खेलमा नेपालले आज कुवेतलाई ३४ रनले पराजित गरेको छ ।

नेपाललाई जिताउन इन्दु बर्माको अलराउन्डर प्रदर्शन रह्यो । उनले ब्याटिङमा १९ बलमा २ चौका सहित २३ रन बनाइन् भने बलिङ तर्फ ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिइन् ।

बायोमास क्रिकेट ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८९ रन बनाएको थियो ।

ओपनर पुजा महतो डकआउट हुँदा अर्की ओपनर बिन्दु रावलले २० रन जोडिन् ।

सम्झना खड्का १, अनुभवी ब्याटर सीता रानामगर १२ बलमा ७ रन, कप्तान रुविना क्षेत्रीले ११ बलमा ५ रन बनाउँदै क्याच आउट भए् । काजोल श्रेष्ठ १८ बलमा १ चौका सहति १९ रन र खुसी ढंगोल ३ बलमा १ रन बनाउँदै अविजित रहे ।

कुवेतका लागि महियम हैदरले ४ ओभरमा ८ रन खर्चेर ४ विकेट लिइन् । मर्याम ओमारले ३ ओभरमा १० रन खर्चेर २ विकेट लिइन् । प्रियादा मुराली र खादिजा खालिलले एक एक विकेट लिइन् ।

९० रनको लक्ष्य पछ्याएको कुवेतले २० ओभरमा ८ विकेट गुमाउँदै ५५ रन मात्रै बनाउन सक्यो । कुवेतका लागि जिफा जिलानीले १९ बलमा १ चौकासहित सर्वाधिक ११ रन बनाइन् ।

त्यस्तै खादिजा खलिलले २२ बलमा १० रन बनाइन् । अन्य कुनै पनि कुवेती ब्याटरले नेपाली बलर सामु दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि डेब्यु गरेकी स्पिनर खुशी डंगोलले ३ ओभरमा २ मेडनसहित ३ रन खर्चेर २ विकेट लिइन् । ईश्वरी विष्ट, कविता कुँवर र सीता रानामगरले एक एक विकेट लिए ।

नेपालले सिरिजको पहिलो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो । चार देश सम्मिलित सिरिजमा नेपाल २ खेलमा २ जितका साथ ४ अंक बटुली शिर्ष स्थानमा रहेको छ ।

नेपालले अन्तिम खेल शुक्रबार मलेसियासँग खेल्नेछ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal