(Saturday , 11 May,2024)

लम्पी स्किनबाट मर्ने पशुको तथ्याङ्‍कमा गम्भीर त्रुटि

NepalNewsLine

NepalNewsLine

Image 1

५ भदौ, काठमाडौं - कृषि तथा पशुपन्छी विकास मन्त्रालयले लम्पी स्किन महामाहारीबाट मरेका पशु चौपायाको तथ्याङ्‍कमा गम्भीर हेलचेक्र्याइँ गरेको पाइएको छ ।

मन्त्रालयले १४ साउन र ३ भदौमा प्रकाशित गरेको तथ्याङ्‍कमा मरेका पशुहरुको तथ्याङ्‍क एक हजार २३१ ले सच्याएर सार्वजनिक गरेपछि यस्तो रहस्य बाहिरिएको हो ।

पशु सेवा विभागले देशभरका जिल्लाका कृषि ज्ञान केन्द्रबाट लिने यस्तो तथ्याङ्‍क मनपरी संकलन भएको पाइएको पशु सेवा विभागले स्रोतले जनाएको छ ।

जसका कारण रोग संक्रमण, निदान, मरेका पशु र क्षतिको आंकलन अन्दाजको भरमा हुने गरेको खुलेको हो ।

पशु सेवा विभागका सूचना अधिकारी डा। चन्द्र ढकालले भने सरकारबाट राहत पाइन्छ कि भनेर संख्या थप गरिएको हुन सक्ने आंकलन गरे ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal