(Friday , 10 May,2024)

फिफा महिला विश्वकप च्याम्पियन २०२३ को उपाधि स्पेन लाई

NepalNewsLine

NepalNewsLine

Image 1

३ भाद्र, काठमाडौँ - ओल्गा कार्मोनाको निर्णायक गोलमा स्पेनले फिफा महिला विश्वकप २०२३ को उपाधि जितेको छ। 

आइतबार सिड्नीमा भएको उपाधि भिडन्तमा इंग्ल्यान्डलाई १-० गोलले पराजित गर्दै स्पेनले पहिलोपटक उपाधि जितेर इतिहास रच्न सफल भयो।  

२९ मिनेटमा कार्मोनाले उत्कृष्ट फिनिसिङ गर्दा स्पेनले अग्रता लिएको थियो।  कार्मोनाले यसअघि सेमिफाइनलमा पनि स्विडेनविरुद्ध निर्णायक गोल गर्दा स्पेन फाइनल पुगेको थियो।

त्यसअघि खेलको १६ मिनेटमा इंग्ल्यान्डले अग्रता लिने अवसर गुमाएको थियो। हेल्पको प्रहार क्रसबारमा लागेको थियो।

६४ मिनेटमा स्पेनले अग्रता दोब्बर पार्ने अवसर गुमाएको थियो। इंग्ल्यान्डकी वाल्सको हातले बल छोएपछि स्पेनलाई पेनाल्टी दिइएको थियो। 

स्पेनका लागि पेनाल्टी हानेकी जेनिफर हर्मोसोको प्रहारलाई इंग्ल्यान्डकी गोलकिपर मेरी इर्प्सले विफल पारिदिएकी थिइन्।

स्पेन महिला विश्वकपको उपाधि जित्ने पाँचौ टिम बन्न सफल भयो।

यसअघि अमेरिकाले चार पटक, जर्मनीले दुई पटक तथा नर्वे र जापानले एकएक पटक फिफा महिला विश्वकपको उपाधि जितेका थिए। 

इंग्ल्यान्डले सन् २०१५ मा तेस्रो स्थान हात पार्दा स्पेनले भने पहिलो पटक पदक पक्का गरेको थियो। 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal