(Friday , 10 May,2024)

आयरल्यान्डमाथि भारतको रोमान्चक जित

author

Anonymous

Image 1

काठमाडौं । भारतले पहिलो टी-ट्वान्टी आई खेलमा घरेलु टोली आयरल्यान्डलाई हराएको छ । 

डब्बिलमा शुक्रबार राती भएको खेलमा भारत डकवर्थ लेविस पद्धतिको आधारमा दुई रनले विजयी भएको हो । योसँगै तीन खेलको टी-ट्वान्टी सिरिजमा भारतले १-० को अग्रता लिएको छ ।

आयरल्यान्डले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको भारतले ६ दशमलब ५ ओभरमा २ विकेट गुमाउँदै ४७ रन बनाएको अवस्थामा खेल वर्षाको कारण रोकिएको थियो । 

त्यसपछि निरन्तरको वर्षाको कारण खेल हुन नसकेपछि भारत डकवर्थ लेविस पद्धतिको आधारमा विजयी भयो । ओपनर ऋतुराज गायकवाड १६ बलमा १ चौका र १ छक्कासहित १९ रन र सञ्जु स्यामसन १ रनमा अविजित रहे ।

अर्का ओपनर यशस्वी जैसवाललाई २३ बलमा ३ चौका र १ छक्का सहित २४ रनमा क्याच भए । 

आयरल्यान्डका क्रेग योंगले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३९ रन बनाएको थियो । 

आयरल्यान्डका लागि ब्यारी म्याकार्थीले ३३ बलमा ४ चौका र ४ छक्कासहित अविजित ५१ को अर्धशतकीय ईनिङ खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।

कर्टिस क्याम्फर ३३ बलमा ३ चौका र १ छक्कासहित ३९ रनमा आउट भए । 

करिब एक वर्षपछि भारतीय टोलीमा फर्किएका बुमराहले पहिलो ओभरमै दुई विकेट लिएका थिए । 

भारतका जस्प्रित बुमराह, रवि विश्रोई र प्रसिद्ध कृष्णाले समान २र२ विकेट लिए ।

दुई टोलीबीचको दोस्रो खेल आइतबार हुनेछ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal