(Friday , 10 May,2024)

युएईमाथि न्युजिल्यान्डको जित

author

Anonymous

Image 1

काठमाडौं । पाहुना टोली न्युजिल्यान्डले घरेलु टोली युएईलाई पहिलो टी-ट्वान्टी आईमा पराजित गरेको छ । 

बिहीबार राती दुबईमा भएको खेलमा पाहुना टोली न्युजिल्यान्ड १९ रनले विजयी भएको हो । योसँगै तीन खेलको टी-ट्वान्टी आई सिरिजमा न्युजिल्यान्डले १-० को अग्रता लिएको छ ।

न्युजिल्यान्डले दिएको १ सय ५६ रनको लक्ष्य पछ्याएको युएई १९ दशमलब ३ ओभरमा १ सय ३६ रनमा अल आउट भयो । 

युएईको लागि अर्यांश शर्माले ४३ बलमा ९ चौका र १ छक्कासहित ६० रनको अर्धशतकीय ईनिङ खेले पनि जिताउन सकेनन् ।

अली नासिरले १६ तथा वृत्य अरविन्द र आसिफ खान १३र१३ रनमा आउट भए । अंश टन्डन १२ रनमा आउट भए ।

न्युजिल्यान्डका लागि कप्तान टिम साउथीले ४ ओभरमा २५ रन खर्चेर ५ विकेट लिए । मिचेल सान्टनर र जेम्श निसमले समान २र२ तथा कायल जेमिसनले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको थियो ।

न्युजिल्यान्डको जितमा ओपनर टिम सिफर्टले ३४ बलमा २ चौका र ३ छक्कासहित ५५ रनको अर्धशतकीय ईनिङ खेले । 

मार्क च्यापम्यान १८ बलमा १५ र जेम्श निशम २२ बलमा २ चौकासहित २५ रनमा क्याच आउट भए ।

युएईका लागि जुनैद सिद्दिक र बासिल हामिदले समान २र२ विकेट तथा जहुर खान र मोहम्मद फराजुदीनले समान १र१ विकेट लिए । 

दुईबीचको दोस्रो खेल शनिबार हुनेछ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal