(Friday , 10 May,2024)

२२औं आइटिएफ विश्व च्याम्पियनसिपमा चार खेलाडी

NepalNewsLine

NepalNewsLine

Image 1

३२ साउन, काठमाडौं - नेपालका चार खेलाडीले काजकिस्तानमा हुने २२औं आइटिएफ तेक्वान्दो विश्व च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

यही अगस्ट १८ देखि २७ सम्म काजकिस्तानको अस्तानामा २२औं आइटिएफ तेक्वान्दो विश्व च्याम्पियनसिप सुरु हुँदै छ । जहाँ नेपाल समान दुई पुरुष र दुई महिला खेलाडीले फाइटतर्फ प्रतिस्पर्धा गर्न लागेका हुन् ।

महिला ४७ केजी तौल समूहमा रुबिका खड्का र ५२ केजीमा सुस्मिता थापाले प्रतिस्पर्धा गर्नेछन् । पुरुषमा भने पुकार केसीले ६४ केजीमुनि र अजय बुढामगरले ६८ केजी तौलसमूहमा नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्दैछन् ।

रुबिकाले यसै महिना भारतमा सम्पन्न दक्षिण एसियाली आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा दुई स्वर्ण पदक जितेकी थिइन् ।

विश्व च्याम्पियनसिपका लागि नेपाली टोलीको प्रशिक्षकमा रूप सिं मोक्तान र टिम अफिसियलमा घमबहादुर थापा र विक्रम बाठामगर छन् ।

नेपाल आइटिएफ महासंघका निर्वतमान अध्यक्ष एवम् दक्षिण एसियाली आइटिएफ तेक्वान्दो महासंघका उपाध्यक्ष अन्जन धमला नेपाली टोलीको प्रमुख हुन् ।

एसियाली आइटिएफ महासंघका कार्यकारी सदस्य तथा राष्ट्रिय खेलकुद परिषद्९राखेप० का बोर्ड सदस्यसमेत रहेका धमलाले उक्त विश्व च्याम्पियनसिपमा निर्णायकको भूमिका पनि निर्वाह गर्नेछन् ।

काजकिस्तानमा हुने विश्व च्याम्पियनसिपमा सहभागी हुन जाने ८ सदस्यीय नेपाली टोलीलाई बुधबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बिदाइ गरेका थिए ।

सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री श्रेष्ठले पछिल्ला समय नेपाली खेलकुदको विकास भइरहेको उल्लेख गर्दै त्यसमा नेपाली खेलाडीको भूमिका महत्वपूर्ण रहेको बताए ।

गृहमन्त्री श्रेष्ठले उच्च मनोबलका साथ खेल्न नेपाली खेलाडीलाई शुभकामना दिँदै सरकारले पनि खेलकुद विकास आवश्यक पर्ने काम खेलाडीहरूकै सल्लाह अनुरूप गर्दै जाने बताए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal