(Friday , 10 May,2024)

नेयमार औपचारिक रुपमा अल हिलालमा

author

Anonymous

Image 1

काठमाडौं । ब्राजिलियन स्टार खेलाडी नेयमार औपचारिक रुपमा साउदी अरबको फुटबल क्लब अल हिलालमा अनुबन्ध भएका छन् ।

अल हिलालसँग नेयमारले दुई वर्षका लागि सम्झौता गरेका छन् । सम्झौता अनुसार उनले बार्षिक ३ सय मिलियन डलर प्राप्त गर्ने छन् ।

यो सर्वाधिक रकमको सम्झौतासमेत हो । बार्सीलोनाबाट २०१७ मा पीएसजीमा आउँदा नेयमारले २ सय मिलियन पाउन्डमा सम्झौता गरेका थिए ।

त्यतिबेलाको त्यो सर्वाधिक महँगो सम्झौता रहेको थियो । 

साउदी प्रो लिगमा अल हिलालले पहिलो खेल खेलिसकेको छ । र, उसले जित समेत हात पारेको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal