(Friday , 10 May,2024)

लगातार छैटौं खेलमा मेसीको गोल, इन्टर मियामी फाइनलमा

author

Anonymous

Image 1

३१ साउन, काठमाडौं । कप्तान लिओनल मेसीले आफ्नो लय कायम राख्दै लगातार छैटौं खेलमा गोल गर्दा उनको टिम इन्टर मियामी लिग कपको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार बिहान भएको सेमिफाइनलमा इन्टर मियामीले फिलाडेल्फिया युनियनलाई ४-१ ले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

लियोनेल मेस्सीको कप्तानीमा रहेको अमेरिकी टोली जारी लिग कपको फाइनलमा प्रवेश गरेको छ ।

इन्टर मियामीले अब उपाधिका लागि मोन्टेरे र नासभिल एससीबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

चेस्टरस्थित सुबरु पार्कमा भएको खेलमा इन्टर मियामीका लागि मेसीसँगै जोसेफ मार्टिनेज, जोर्दी अल्वा र डेविड रुइजले गोल गरे ।

फिलाडेल्फियाका लागि अलेजान्द्र बेडयाले एक गोल फर्काए ।

यसै सिजन अमेरिकन क्लब पुगेका मेसीले लिग कपमा खेलेका ६ वटै खेलमा लगातार गोल गरेका हुन् । उनले ६ खेलमा ९ गोल गरिसकेका छन् र सर्वाधिक गोल गर्नेमा शीर्ष स्थानमा छन् ।

सन् २०१८ मा स्थापना भएको इन्टर मियामी पहिलो पटक कुनै पनि प्रतियोगितामा फाइनल पुगेको हो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal