(Friday , 10 May,2024)

रोनाल्डो अनुपस्थित खेलमा अल नासरको हार

author

Anonymous

Image 1

काठमाडौं । केही दिन अघि मात्र अरब क्लब कपको उपाधि जितेको अल नासरले साउदी प्रो लिगको पहिलो खेलमा हार बेहोरेको छ ।

सोमबार राती भएको खेलमा अल इतिफकले अल नासरलाई २-१ ले पराजित गरेको हो । 

नियमित कप्तान क्रिस्टियानो रोनाल्डो अनुपस्थित रहेको खेलमा अल नासरलाई साडियो मानेले अग्रता दिलाएका थिए । 

उनले खेलको चौथो मिनेटमा नै अग्रता दिलाएका थिए । ४७ औं मिनेटमा रोबिन क्वेजनले अल इतिफकका लागि बराबरी गोल फर्काए । 

५३ औं मिनेटमा अल इतिफकका मौसा डेम्बेलेले गोल गर्दै खेल आफ्नो पक्षमा पारेका थिए । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal