(Friday , 10 May,2024)

भारतविरुद्धको सिरिज वेस्ट इन्डिजलाई

author

Anonymous

Image 1

काठमाडौं । घरेलु टोली वेस्टइन्डिजले पाँचौं तथा निर्णायक खेलमा भारतलाई हराउँदै सिरिज उपाधि जितेको छ । 

निर्णायक खेल ८ विकेटले जित्दै वेस्टइन्डिजले पाँच खेलको सिरिज ३-२ ले जितेको हो ।

भारतले दिएको १ सय ६६ रनको लक्ष्य वेस्टइन्डिजले १८ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । 

वेस्टइन्डिजको जितमा ओपनर ब्रेन्डन किंगले ५५ बलमा ५ चौका र ६ छक्कासहित अविजित ८५ रनको अर्धशतकीय ईनिङ खेले ।

निकोलस पुरन ३५ बलमा १ चौका र ४ छक्कासहित ४७ रनमा आउट भए । शाई होप १३ बलमा १ चौका र १ छक्कासहित २२ रनमा अविजित रहे ।

त्यसअघि टस जितेर पहिला ब्याटिङको गरेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रन बनाएको थियो ।

भारतका सूर्यकुमार यादवले ४५ बलमा ४ चौका र ३ छक्कासहित ६१ रन बनाएपनि जितको लागि पर्याप्त हुन सकेन । 

तिलक बर्माले १८ बलमा ३ चौका र २ छक्कासहित २७ रनमा आउट भए । अन्य कुनैपनि भारतीय ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

वेस्टइन्डिजको जितमा रोमारियो शेफर्डले ४ ओभरमा ३१ रन खर्चेर ४ विकेट लिए । स्पिनर अकिल हुसैन तथा जेसन होल्डरले समान २-२ विकेट लिए । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal