(Friday , 10 May,2024)

हालान्डको २ गोलमा सिटीको विजयी सुरुआत

author

Anonymous

Image 1

२७ साउन, काठमाडौं । एर्लिङ हालान्डको दुई गोलमा साविक विजेता म्यानचेष्टर सिटीले प्रिमियर लिगको नयाँ सिजन विजयी सुरुआत गरेको छ ।

शुक्रबार राति भएको खेलमा च्यामपियन सिटीले च्याम्पियनसिपको विजेता बनेर प्रिमियर लिगमा बढुवा भएको बर्नलीलाई ३-० ले हरायो ।

बर्नलीको मैदान टर्फ मुरमा भएको खेलमा हालान्डले खेलको चौथो मिनेटमै रोड्रीको पासमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । यस्तै हालान्डले ३६औं मिनेटमा जुलियन अल्भारेजको पासमा गोल गर्दै अग्रता दोब्बर पारे ।

सिटीका लागि तेस्रो गोल ७५औं मिनेटमा रोड्रीले गरे ।

बर्नलीका अनास जाराउरीले इन्जुरी टाइममा रातो कार्ड पाएका थिए ।

प्रिमियर लिगमा शनिबार ६ खेल हुँदैछ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal