(Friday , 10 May,2024)

मेसीको लगातार गोल, इन्टर मियामी सेमिफाइनलमा

author

Anonymous

Image 1

२७ साउन, काठमाडौं । लिओनल मेसीले अमेरिकाले लगातार पाँचौ खेलमा गोल गर्दा इन्टर मियामी लिग कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

इन्टर मियामीले क्वाटरफाइनलमा शनिवार बिहान चार्लोटो एफसीलाई ४-० ले हरायो । फाइनल प्रवेशका लागि इन्टर मियामीले अब अगष्ट १९ मा फिलाडेल्फिया युनियनसँग खेल्नेछ ।

घरेलु मैदान डीआरभी पीएनके स्टेडियममा भएको खेलमा इन्टर मियामीलाई हसज जित दिलाउन मेसीसँगै जोसेफ मार्टेनिज र रोबर्ट टेललरले एक एक गोल गरे । एक गोल भने आत्मघाती भएको थियो ।

यसै सिजन अमेरिका पुगेका मेसीले लिग कपमा पाँच खेल खेल्दा ८ गोल गरिसकेका छन् र उनी सर्वाधिक गोलकर्तामा अघि छन् । मेसीले खेलेका पाँच वटै खेलमा गोल गरेका छन् ।

जोसेफ मार्टिनेजले १२औं मिनेटमा पेनाल्टीमा गोल गर्दै इन्टर मियामीलाई अग्रता दिलाएका थिए । टेलरलले ३२औं मिनेटमा गोल गरी पहिलो हाफमा अग्रता दोब्बर पारे ।

चार्लोटेका एडिलसन मालान्डाले आत्मघाती गोल गरेपछि इन्टर मियामीले ३-० को अग्रता बनायो । त्यसको ८ मिनेटपछि मेसीले गोल गर्दै इन्टरको सहज जित पक्का गरे ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal