(Saturday , 11 May,2024)

जमैकालाई हराउँदै कोलम्बिया महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा

NepalNewsLine

NepalNewsLine

Image 1

२३ साउन, काठमाडौं - जमैकालाई १–० ले पराजित गर्दै कोलम्बिया महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

मेलबर्नमा कोलम्बियाको कप्तानी गरेकी क्याटालिना उस्मेले ५१ औं मिनेटमा निर्णायक गोल गर्दै क्वार्टरफाइनलमा इंग्ल्यान्डसँगको भेट पक्का गरेकी हुन् ।

यी दुईबीचको क्वार्टरफाइनल खेल शनिबार सिड्नीमा हुने छ ।

कोलम्बिया महिला विश्वकपको अन्तिम आठमा पुगेको यो पहिलो पटक हो ।

खेलको ३२१ मिनेटपछि खाएको एउटा गोलले जमैका भने घर फर्कन बाध्य भयो ।
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal