(Friday , 10 May,2024)

सिटीलाई हराउँदै आर्सनलले जित्यो एफए कम्युनिटी शिल्ड

author

Anonymous

Image 1

२२ साउन, काठमाडौं । म्यानचेस्टर सिटीलाई टाईब्रेकरमा ४-१ ले पराजित गर्दै आर्सनलले एफए कम्युनिटी शिल्डको उपाधि जितेको छ ।

उपाधिका लागि आर्सनलका गोलरक्षक आरोन राम्सडेल नायक बने। यस जितसँगै आर्सनलले सिजनको सुखद सुरुवात गरेको छ ।

सिटीका लागि भने यो खेल बिर्सन लायक बन्यो ।६४औं मिनेटमा हालान्डलाई प्रतिस्थापन गर्दै मैदान छिरेका युवा खेलाडी कोल पाल्मरका लागि व्यक्तिगत सफलता मिले पनि टिको पक्षमा नतिजा आएन ।

निर्धारित समयमा १-१ बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

कोल पाल्मरले खेलको दोस्रो हाफको ७७ ‍औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए।  निर्धारित ९० मिनेटसम्म खेल सिटीको पक्षमा थियो । इन्जुरी समयको  ११औं  मिनेटमा लिआन्द्रो ट्रोसर्डले गोल गर्दै खेललाई टाइब्रेकरमा पुर्‍याए ।

८ मिनेटको इन्जुरी समयमा पनि खेलाडी घाइते हुँदा खेलको इन्जुरी समय ११ मिनेटसम्म लम्ब्याइएको थियो । जसको फाइदा आर्सनलले उठायो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal