(Saturday , 11 May,2024)

सन्दीपको टिम फाइनल प्रवेशका लागि खेल्दै

author

Anonymous

Image 1

काठमाडौं । ग्लोबल टी-ट्वान्टी क्यानडामा फाइनल प्रवेशका लागि नेपालका स्पिनर सन्दीप लामिछाने आबद्ध सर्रे जगुआर्सले भैंकूवर नाइट्ससँग खेल्दै छ । 

पहिलो क्वालिफायरमा लिग चरणको खेलमा शीर्ष २ मा रहेका सर्रे र नाईट्स खेल्न लागेका हुन् । यि दुई टोलीबीचको खेल नेपाली समय अनुसार आज शुक्रबार बेलुकी पौने ९ बाट सुरु हुनेछ ।
सर्रेले लिग चरणमा खेलेको ४ मा जित १ मा हार व्यहोर्दा २ खेल भने वर्षाका कारण प्रभावित भएको थियो । सर्रे १० अंकका साथ शीर्ष स्थानमा रहेको थियो । 

नाईट्सले लिग चरणमा ४ जित, २ हार व्यहोर्दा १ खेल भने वर्षाका कारण प्रभावित बनेको थियो । नाईट्स ९ अंकका साथ दोस्रो स्थानमा रहेको थियो । 

लिग चरणमा सर्रे र नाईट्सबीच भएको एक भेट अंक बाडेर सकिएको थियो । 

यस खेलमा विजयी हुने टोलीले फाइनलमा स्थान बनाउने छ । पराजित टोलीले फाईनलमा पुग्न अर्को अवसर पाउने छ । शनिबार बिहान हुने ईलिमिनेटर खेलको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ ।  

सन्दीप आबद्ध जगुआर्समा लिन्टन दास, एलेक्स हेल्स, मोहम्मद हरिस, ईफ्तिखार अहमद लगायतका खेलाडी रहेका छन्।

प्रतियोगितामा ६ टोलीको सहभागीता रहेको छ । प्रतियोगिताको फाइनल खेल अगस्ट ६ मा हुनेछ । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal