(Friday , 10 May,2024)

सन्दीपलाई क्यानको बधाई

NepalNewsLine

NepalNewsLine

Image 1

१८ साउन, काठमाडौँ - क्यानडामा जारी फ्रेन्चाइज क्रिकेट प्रतियोगिता ‘ग्लोबल टीट्वान्टी क्यानडा’ मा नेपालका स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई बधाई दिएको छ । 

सन्दीपको उत्कृष्ट प्रदर्शनसँगै उनको टोली सरे जग्वार्सले आफ्नो पछिल्लो खेलमा मिसिसाउगा प्यान्थर्सलाई आठ विकेटको फराकिलो अन्तरले हराएको थियो । सन्दीपले निकै किफायती बलिङ गर्दै चार ओभरमा केवल ६ रन खर्चिएर तीन विकेट लिए ।

सोही योगदानका कारण उक्त खेलमा सन्दीप म्यान अफ दी म्याच पनि घोषित भएका थिए । उत्कृष्ट प्रदर्शनका लागि क्यानले बिहीबार सन्दीपलाई सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमार्फत बधाई दिएको हो । 

‘उत्कृष्ट प्रदर्शनका लागि सन्दीप लामिछानेलाई बधाई छ । उनले मिसिसाउगा प्यान्थर्सविरुद्धको खेलमा आफ्नो टोली सरे जग्वार्सका लागि चार ओभरमा केवल ६ रन खर्चिएर तीन विकेट लिएका छन् ।

उनले आफ्नो टोलीलाई आठ विकेटले जिताएका छन् भने म्यान अफ दी म्याचको पुरस्कार पनि पाएका छन्,’ सन्दीपलाई बधाइ दिँदै क्यानले भनेको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal