(Friday , 10 May,2024)

टाईगर्स नाइट्ससँग पराजित, दीपेन्द्रको मध्यम प्रदर्शन

author

Anonymous

Image 1

काठमाडौं । अलराउन्डर दीपेन्द्र सिंह ऐरी आबद्ध मोन्ट्रियल टाइगर्सले ग्लोबल टी-ट्वान्टी क्यानडामा समूह चरणको अन्तिम खेलमा भैंकूवर नाइट्ससँग पराजित भएको छ । 

बिहान सम्पन्न खेलमा नाइट्स ९ विकेटले विजयी भएको हो ।

टाईगर्सले दिएको १ सय रनको लक्ष्य नाइट्सले १४ दशमलब ५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । 

नाइट्सको जितमा मोहम्मद रिजवान ५४ बलमा १० चौका र १ छक्कासहित ६८ रनको अर्धशतकीय ईनिङ खेले ।

कोब्रिन बोस २९ बलमा ३ चौकासहित २८ रनमा अविजित रहे । 

टाइगर्सका लागि आन्द्रे रसेलले १ विकेट लिए । दीपेन्द्रले बलिङ गर्ने अवसर भने पाएनन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको टाइगर्स १८ दशमलब ३ ओभरमा ९९ रनमा अलआउट भएको थियो । 

टोलीका लागि ओपनर मोहम्मद वासिमले २४ बलमा सर्वाधिक २८ रन बनाए । सर्वाधिक दोस्रो रन बनाउनेक्रममा दीपेन्द्रले २७ बलमा ३ चौकासहित २४ रन बनाए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal