(Friday , 10 May,2024)

बक्सिङले एशियाडमा स्वर्ण जिते १० लाख दिने

author

Anonymous

Image 1

काठमाडौं । नेपाल बक्सिङ महासंघले एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई नगद पुरस्कार सहित सम्मान गर्ने निर्णय गरेको छ ।

महासंघको नवनिर्वाचित कार्यसमिति बैठकले एसियन गेम्समा पदक जित्ने खेलाडी नगद पुरस्कार सहित सम्मान गर्ने घोषणा गरेको हो । 

बैठकले चीनमा हुने एसियन गेम्समा स्वर्ण पदक जित्ने खेलाडीलाई जनही १० लाख, रजत जित्नेलाई ५ लाख र काँस्य पदक जित्ने खेलाडीलाई २ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरिएको हो । 

महासंघको कोष बृद्धि गर्न पदाधिकारीबाट १५ हजार र सदस्यबाट १० हजार रुपैयाँ संकलन गर्ने निर्णय गरेको संस्थाले मासिक रुपमा पदाधिकारीबाट ५ हजार र सदस्यबाट ३ हजार रुपैयाँ संकलन गर्ने निर्णय गरेको छ । 

यस्तै बैठकले सातै प्रदेश र विभिन्न जिल्लाबाट संकलन गरि भाद्र महिनाभित्र संघको वार्षिक क्यालेन्डर समेत प्रकाशन गर्ने निर्णय गरेको छ ।

महासंघले महासचिवको संयोजकत्वमा ५ सदस्यीय समिति समेत गठन गरेको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal