(Friday , 10 May,2024)

'मधेसमा राष्ट्रिय खेलकुद गर्न सरकार सकारात्मक'

author

Anonymous

Image 1

सिमरा । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले ११ औं राष्ट्रिय खेलकुद प्रतियोगिता मधेस प्रदेशमा आयोजनाका लागि सरकार सकारात्मक रहेको बताएका छन् ।

शनिबार सिमरामा जीतपुरसिमरा उपमहानगरपालिका र नवजनजागृती युवा क्लब सिमराले राखेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लिम्बुले मधेस प्रदेश सरकार र स्थानीय सरकारले अनुकुल वातावरण बनाए मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद ११ औं राष्ट्रिय खेलकुद मधेस प्रदेशका जिल्लामा गर्ने निर्णयका लागि तयार रहेको बताए ।


हामी तयार छौँ, यहाँका स्थानीय सरकार र मधेस प्रदेश सरकारले बढी पहल गर्नुपर्‍यो । मन्त्री लिम्बूले भने ।

१० औं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना हुदैछ । अर्को वर्ष कर्णाली प्रदेशले १० औं राष्ट्रिय खेलकुद आयोजना गर्ने लक्ष्य सहित पूर्वाधार निर्माणलाई तिव्रता दिईरहेको छ । 

११ औं राष्ट्रिय खेलकुद आयोजनामा मधेश प्रदेशले आयोजनाको दाबी गर्दै आएको छ । क्रम अनुसार मधेश प्रदेशले ११ औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको अधिकार पाउनुपर्ने हो । तर त्यस विषयमा औपचारिक निर्णय हुन सकेको छैन । 

कार्यक्रमलाई सम्बोधन गर्दै राखेप सदस्य सचिब टंकलाल घिसिङले सिमरा, बिरगंज र जनकपुरलाई केन्द्रीत गरि ११ औं खेलकुद गर्न सकिने बताए। त्यसका लागि भएका पुर्वाधारको स्तरोन्नति र नयाँ पुर्वाधार निर्माणलाई स्थानीय सरकारले समेत प्राथमिकता दिनुपर्ने बताए । 

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले सिमरा रंगशाला तथा उपमहानगरपालिका भित्रका अन्य पुर्वाधारहरु निर्माण तथा स्तरोन्नतिका बिषयमा मन्त्री लिम्बूको ध्यानाकर्षण गराउदै ज्ञापनपत्रसमेत बुझाएका थिए । 

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, बारा जिल्ला फुटबल संघका अध्यक्ष रामचन्द्र लामा लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियोे । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal