(Friday , 10 May,2024)

भारतमाथि वेस्ट इन्डिजको सानदार जित

author

Anonymous

Image 1

काठमाडौं । घरेलु टोली वेस्टइन्डिजले दोस्रो ओडिआई खेलमा भारतमाथि सानदार जित दर्ता गरेको छ । 

वेस्ट इन्डिजले भारतमाथि ६ विकेटको सानदार जित हात पारेर तीन खेलको ओडिआई सिरिज १(१ को बराबरीमा पुर्याएको छ ।

भारतले दिएको १ सय ८२ रनको लक्ष्य वेस्टइन्डिजले ३६ दशमलब ४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । 

वेस्टइन्डिजको जितमा कप्तान शाई होप ८० बलमा २ चौका र २ छक्कासहित अविजित ६३ रनको अर्धशतकीय ईनिङ खेले । केसी कार्टी ६५ बलमा ४ चौकासहित ४८ रनमा अविजित रहे ।

वेस्टइन्डिजलाई ओपनर ब्रेन्डन किंग र कायल मेयर्सले ५० बलमा ५३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए। 

मेयर्सले २८ बलमा ४ चौका र २ छक्कासहित ३६ तथा किंग २३ बलमा १५ रन बनाए । 

भारतका शार्दुल ठाकुरले ३ तथा कुलदिप यादवले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङकोगरेको भारत ४० दशमलब ५ ओभरमा १ सय ८१ रनमा अलआउट भएको थियो। 

भारतका ओपनर ईशान किशनले ५५ बलमा ६ चौका र १ छक्कासहित ५५ रनको अर्धशतकीय ईनिङ खेले पनि टोलीलाई जित दिलाउन भने सकेनन् । अर्का ओपनर शुभमन गिल ४९ बलमा ५ चौकासहित ३४ रनमा आउट भए । 

भारतलाई गिल र किशनले पहिलो विकेटका लागि १६ दशमलब ५ ओभरमा ९० रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाएका थिए ।

सूर्यकुमार यादव २४ तथा शार्दुल ठाकुर १६ रनमा आउट भए । 

वेस्टइन्डिजको जितमा रोमारियो शेफर्ड र गुडाकेश मोतीले समान ३र३ विकेट लिए । अल्जारी जोशेफले २ तथा जयडेन सिल्स र यानिक कारियाहले समान १र१ विकेट लिए ।

तेस्रो तथा निर्णयक ओडीआई खेल मंगलबार हुनेछ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal