(Friday , 10 May,2024)

एसियाली खेलकुदका लागि क्रिकेट टिम घोषणा, विनोद, विवेक र अभिनाशको पुनरागमन

author

Anonymous

Image 1

१२ साउन, काठमाडौं । १९ औं एसियन गेम्सका लागि नेपाल क्रिकेट संघ ९क्यान०ले खेलाडीको नामावली घोषणा गरेको छ ।

जसमा राष्ट्रिय टिमबाट बाहिर रहेका विनोद भण्डारी, विवेक कुमार यादव र अभिनाश बोहोराले पुनरागमन गरेका छन् । क्यानले १५ जनाको नामावली राष्ट्रिय खेलकुद परिषद९राखेप०मा बुझाइसकेको छ ।

टी–२० फर्म्याटमा हुने खेलका लागि विवेकले १४ महिनापछि राष्ट्रिय टिममा पुनरागमन गरेका हुन् ।

विनोद भण्डारी र अभिनाश बोहोराले पनि एकदिवसीय फम्र्याटका खेलमा टिप बाहिर थिए ।

हाल टिममा रहेका ज्ञानेन्द्र मल्ल, अर्जुन साउद, भीम सार्की, देव खनाल, पवन सर्राफ, किशोर महतो, श्याम ढकाल, आरिफ शेख र सूर्य तामाङ एसियाली खेलकुदको टिममा छैनन् ।

एसियनका लागि क्रिकेट टिम

रोहित पौडेल, कुशल भुर्तेल, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, करण केसी, अभिनास बोहोरा, सन्दीप लामिछाने, ललित नारायण राजवंशी, आसिफ शेख, विवेक कुमार यादव, प्रतिस जिसी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal