(Friday , 10 May,2024)

विश्वकप फुटबलको एसिया छनोटको प्रारम्भिक चरणमा नेपालले लाओससँग खेल्दै

NepalNewsLine

NepalNewsLine

Image 1

११ साउन, काठमाडौं - सन् २०१६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुने फिफा विश्वकपको एसिया छनोटको प्रारम्भिक चरणमा नेपालले लाओससँग खेल्ने भएको छ ।

बिहीबार मलेसियाको क्वालालम्पुरमा भएको प्रारम्भिक चरणको ड्र मा नेपालले लाओसलाई प्रतिद्वन्द्वी पाएको हो ।

विश्वकपको एसिया छनोटको प्रारम्भिक चरणमा तल्लो वरीयताको २० टिमलाई दुई पटमा विभाजन गरिएको थियो ।  जसमा नेपाल पट वान र लाओस पट टु मा थियो ।

प्रारम्भिक चरणको छनोट होम एण्ड अवेको आधरमा खेलाइनेछ । छनोट खेल अक्टोबर १२ र १७ मा हुनेछ । नेपालले गत चैतमा प्रधानमन्त्री कप थ्री नेसन्स कपमा लाओससँग खेलेको थियो ।

भुटानसमेत सम्मिलित उक्त प्रतियोगितामा नेपालले फाइनलमा लाओसलाई नै हराएर उपाधि जितेको थियो ।

नेपालले लिग चरणमा लाओसलाई २-० ले र फाइनलमा २-१ ले पराजित गरेको थियो । प्रारम्भिक चरणको विजेता १० टिम विश्वकपको एसिया छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछन् ।

दोस्रो चरणमा एसियाका शीर्ष २६ र प्रारम्भिक चरणका १० गरी कूल ३६ टिमले खेल्नेछन् । ३६ टिमलाई ९ समूहमा विभाजन गरिनेछ । हरेक समूहमा चार-चार टिम हुनेछन् ।

हरेक समूहको खेल होम एण्ड अवेका आधारमा खेलाइनेछ । जसबाट समूह विजेता र समूह उपविजेता गरी कूल १८ टिम सन् २०२७ मा हुने एसिया कपमा सिधै छनोट हुनेछ भने विश्वकप छनोटको तेस्रो चरणमा प्रवेश गर्नेछ ।

दोस्रो चरणमा तेस्रो र चौथो स्थानमा रहने टिम विश्वकप छनोट होडबाट बाहिरिनेछ भने एसिया कप छनोटको तेस्रो चरणमा खेल्नेछन् । दोस्रो चरणबाट छनोट भएका शीर्ष १८ टिमलाई विश्वकप छनोटको लागि तेस्रो चरणमा ६ टिम सम्मिलित तीन समूहमा विभाजन गरिनेछ ।

हरेक टिमको समूह विजेता र समूह उपविजेता गरी ६ टिम सिधै विश्वकपमा छनोट हुनेछ । यस्तै एसियन प्लेअफमा तेस्रो चरणमा तेस्रो र चौथो भएको गरी कूल ६ टिमलाई दुई समूहमा विभाजन गरेर खेलाइनेछ । जसमध्ये समूह विजेता बन्ने दुई टिम विश्वकपमा छनोट हुनेछ । यस्तै दोस्रो स्थानमा रहने टिमबीच अन्तरमहादेशीय प्लेअफमा जानका लागि खेल हुनेछ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal